भरतपुरमा रिक्सा चालक र प्रहरीबीच ढुंगा हानाहान | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

भरतपुरमा रिक्सा चालक र प्रहरीबीच ढुंगा हानाहान

चितवन, ९ साउन । चितवनको भरतपुरमा विद्युतीय रिक्सा चालक र प्रहरीबीच ढुंगा हानाहान भएको छ । तीनपांग्रे सवारीसाधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि रिक्सा चालकहरु आन्दोलित बनेका हुन् । पारस बसपार्कमा भेलामा करिब तीन सय रिक्सा सञ्चालकले सवारी अवागमन अवरुद्ध पारेपछि प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो।

त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच ढुंगा हानाहान भएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख प्रहरी उपरीक्षक शुसील सिंह राठोरले जानकारी दिए ।

उनका अनुसार प्रर्दशनकारीले जिल्ला प्रशासन कार्यालय अगाडिको चौकीमा आक्रमणको प्रयास गरेका थिए । त्यसक्रममा प्रहरी चौकी अगाडि रहेको एउटा मोटरसाइकलमा उनीहरुले आगजनी गरेका छन् ।

त्यसपछि पुनः उनीहरु सिडिओ कार्यालयतिर अघि बढेपछि प्रहरीले सय राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ । एसपी राठोरका अनुसार प्रदर्शनकारीलाई तितरवितर पार्न १० राउण्ड हवाइ फायर पनि गरिएको छ ।

झडपका क्रममा केही प्रदर्शनकारीसहित दुईजना प्रहरी घाइते भएका छन् । उच्च अदालतको आदेश भन्दै भरतपुर महानगरपालिकाले मंगलबारदेखि राजमार्गमा तीनपांग्रे सवारी संचालनमा रोक लगाएपछि तीनपांग्रे सवारी सञ्चालक आन्दोलित बनेका हुन् ।

भरतपुर महानगरपालिकाभित्र साउन ५ गतेदेखि तीनपाङग्रे सवारी साधनलाई मुख्य राजमार्गमा संचालनमा रोक लगाउने निर्णय गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);