कांग्रेसको बहुमत सहितको सरकारको नेतृत्व म नै गर्छुः प्रम देउवा | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

कैलाली, १७ मंसिर। प्रधानमन्त्री शेरबहादुर देउवाले अबको निर्वाचनमा कांग्रेसकै बहुमत आउने दाबी गरेका छन् ।

आईतबार कैलालीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापती देउवाले अबको निर्वाचनमा हाम्रो पार्टीले बहुमत ल्याउने र बहुमत आएपछि कांग्रेस सरकारको नेतृत्व आफैले गर्ने उनले दाबी गरेका छन्। मन्त्री देउवाले बामपन्थीहरुलाई जनताले भोट नहाल्नेमा आफु ढुक्क रहेको समेत बताए।

अबको निर्वाचन सम्पन्न भएपछि मुलुक संविधान कार्यान्वयनको चरण पूरा गरि आर्थिक समृद्धिको यात्रामा अघि बढ्ने उनको धारणा थियो। उनले संविधान कार्यान्वयन गर्ने कुरा महत्वपूर्ण भएकाले २१ गतेको निर्वाचन सम्पन्न भएपछि मुलुकमा स्थायीरुपमा गण्तन्त्र कार्यान्वयन भएर जाने पनि बताए ।

जनताले भोट हालेपछि पनि चुनाव सारेको सपना देख्नेहरुलाई आफुले चुनाव आयोगलृ तोकिएकै समयमा नै चुनाव गराएर चुप लगाएको दाबी गरेका छन्।

दोस्रो चरणमा पनि उम्मेदवार एवम् मतदाताहरुको सुरक्षा लागि कुनै कसर नछोडेको बताएका छन्। ‘अरु जिते माननीय हुने हो, म जिते प्रधानमन्त्री हुन्छु ।’ उनले दोहोर्याए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);