सुनसरीका मतदाता भन्छन्- भोज भतेर गर्नेलाई भोट दिदैनौँ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अजितकुमार झा
सुनसरी । १७ मंसिर । दोस्रो चरणको निर्वाचन आउन केहि दिन मात्र बाँकी छ । उम्मेदवार घरदैलो कार्यक्रमको अन्तिम चरणमा छन् । तर, सुनसरी इनरुवाका मुसहर बस्तीका मतदाताले भने भोज भतेर गराउने भन्दा गाँस, बाँस र कपासको ग्यारेन्टी गर्नेलाई भोट दिने निर्णय गरेका छन् ।

राजनीतिक दल र उम्मेदवारहरु चुनाव प्रचारप्रसारको अन्तिम चरणमा छन् । मंसिर २१ नजिकिएसँगै उम्मेदवार मतदातालाई फकाउन व्यस्त छन् । तर सुनसरी इनरुवा ३ का मुसहर बस्तीका मतदाता भने गाँस, बाँस र कपासको ग्यारेन्टी गर्नेलाई भोट दिने बताउछन् ।
उम्मेदवार र नेताले मुसहर बस्तीका नागरिकलाई सधै दोस्रो दर्जामा हेरेको गुनासो गर्दे यस पटक झुटो आश्वासनबाट जोगिएर इमान्दार र विकास प्रेमीलाई मत दिने निर्णय गरेका छन् । निर्वाचन आफ्नो प्रतिनिधि चयन गर्ने महान अभियान भएकाले भोज भतेर गरेर फकाउनेलाई मुसहर बस्तीका मतदाताले रोक लगाएका छन् ।

सुनसरी क्षेत्र नम्बर४ मा पर्ने इनरुवाको मुसहर बस्ती र कन्समडान क्षेत्रमा गरिव दलित र सुकुम्बासी मतदाता धेरै छन् । त्यस क्षेत्रमा उम्मेदवार भन्दा पनि विचौलीया विभिन्न प्रलोभन देखाएर मत माग्न पुग्ने गरेको मुसहरहरुको गुनासो छ । क्षेत्र नम्बर ४ मा लोकतान्त्रीक गठबन्धबाट बहालवाला अर्थमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र वाम गठबन्धनबाट एमालेका रमेश श्रेष्ठ चुनावी मैदानमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);