२ नम्बर प्रदेशमा राजनीतिक दलको भोजै-भोज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

 २ नम्बर प्रदेशमा राजनीतिक दलको भोजै-भोज

लहान नगरपालिका गाढास्गित एक संस्थागत परिसरमा चुनाव प्रचार क्रममा भण्डारा भोज का लागि सामग्री पकाईदै । तस्विर नागरिक

 

काठमाडौं, १९ भदौ । तेस्रो चरणको स्थानीय निर्वाचन नजिँदै गर्दा विभिन्न दलका उम्मेदवारले चुनावी अभियान तीव्र बनाएका छन् ।  चुनावी प्रतिस्पर्धासंगै उम्मेदवारबीच मतदाता रिझाउन  २ नम्बर प्रदेशमा भोज-भतेर गर्न तछाडमछाड चलेको छ । 

 

राजनीतिक दल र उम्मेदवार आफुलाई बलियो रुपमा प्रस्तुत गर्न तडकभडकमा उत्रिकाए छन् ।  उम्मेदवारले मतदाता प्रभावित पार्न जमघट, सभा-भोज गरिरहेका छन् । 

 

एउटा दलको उम्मेदवरले  भोज-भतेर गरेको भोलिपल्टै अर्को दलको उम्मेदवारले  भोज-भतेर गर्दै मतदाता आफ्नो पक्षमा ल्याउन कोसिस गरिरहेका छन् ।

 

एउटा दलका उम्मेदवारले भण्डारामा कुखुराको मासु खुवाउँदा अर्को दलका उम्मेवरा उनलाई उछिन्दै खसीको मासुको भण्डारा गर्छन्, लाहान नगरपाकिला ११ भोटियाटोलका एक ब्यापारीले भने, यहाँ दैनिकजसो मासुभातको भोज चलिरहेको छ ।

 

उम्मेदवार चुनावी प्रचारमा अयो कि मासु सहितको भण्डारा छ भन्ने बुझ्छन्  जनता । भोजमा बच्चादेखि बुद्धाबुद्धासम्म सहभागी हुने उनले बताए । आजको नागरिक दैनिकमा यो खबर छ । 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);