मत फकाउने होडबाजी, रौतहटमा एकै दिन हजार क्वीन्टल माछामासुको भोज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राकेश यादव, रौतहट, २५ भदौ । असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय निर्वाचनमा आफ्नो पक्षमा भोट तान्न रौतहटका उम्मेदवार जोडतोडले लागेका छन् । मतदाता रिझाउन उनीहरले आचारसंहिता छल्दै भोजभतेर खुवाउने र मनपरी खर्च गर्ने गरिरहेका छन् ।

 

घरदैलोमा आश्वासन बोकेर आउने उम्मेदवारलाई मतदाताले पनि भोट हाल्ने आश्वासनमात्र दिइरहेका छन् । किनकि, मतदाताहरु अब पहिले जस्तो लहड वा प्रलोभनकै भरमा कसैलाई भोट हाल्ने पक्षमा छैनन् । उम्मेदवारले आयोजना गर्ने भोज खानेहरुले पनि तिनै उम्मेदवारलाई मत दिन्छन् भन्ने कुनै टुङ्गो छैन । भोज सबैको खाने तर भोट विकासप्रेमी उम्मेदवारलाई दिने उनीहरुको सोचाइ छ ।

 

उम्मेदवारहरुले दिनभर साइकलमा पार्टीका झन्डा बाँध्ने र गाउँ घुमेर नारा लगाएबापत जनही एक सय रुपैयाँ दिने गरेका छन् । पैसा र खाना पाउने भएपछि विद्यार्थीसमेत विद्यालय नगई प्रचारप्रसारमा जुटेका छन् ।

 

मनोनयन दर्ताको दिन भदौ २१ गते रौतहटका उम्मेदवारले एक हजार क्विन्टलभन्दा बढी कुखरा र माछाको भोज गरेको स्थानीय बताउँछन् । मनोनयन दर्ताको दिनदेखि सुरु भएको भोजभतेर अझै जारी छ । १६ नगरपालिका र दुई गाउँपालिका रहेको रौतहटमा ८ सय २१ पदका लागि झन्डै चार हजार उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);