रौतहटमा छायो चुनावी रौनक, भोट फकाउन व्यस्त उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राकेश यादव, रौतहट, २३ भदौ । प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि बिहीबार उत्साहपूर्वक मनोनयन दर्ता भएसँगै रौतहटमा चुनावी रौनक छाएको छ । उम्मेदवारहरु घरदैलोमा व्यस्त भएका छन् भने मतदाताहरु आफूले रुचाएको जनप्रतिनिधि छान्न आतुर देखिएका छन् ।

 

स्थानीय तह तेस्रो चरण निर्वाचनअन्तर्गत रौतहटका १६ नगरपालिका र दुई गाउँपालिकामा चुनावी रौनक छाएको छ । उम्मेदवारहरु भोट माग्न व्यस्त भएका छन् । २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनका लागि मतदाता पनि निकै उत्साहित देखिएका छन् ।

 

मत हाल्ने आफूले चाहेको एवं विकासप्रेमी जनप्रतिनिधि छान्ने रहर बोकेका रौतहटका दलित समुदाय ठूला दल र मधेसवादी भनिने दलहरुले नै दलित उम्मेदवार नउठाएको खिन्न पनि छन् ।

 

रौतहटका १८ स्थानीय तहमा आठ सय २१ पदका लागि ४५ सय भन्दा बढीले उम्मेदवारी दिएका छन् । जिल्लामा दुई सय ७७ मतदान स्थल र चार सय ३४ मतदान केन्द्र कायम गरिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);