मन्त्रालयको अधिकार प्रयोग गरि कर्मचारीको सरुवा र बढुवा गरेको हुँ : गृहमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौं, २३ भदौ । गृहमन्त्री जनार्दन शर्माले मन्त्रालयको अधिकार प्रयोग गरि कर्मचारीको सरुवा तथा बढुवा गरेको स्पष्ट पारेका छन् । व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा समय लिएर बोल्दै मन्त्री शर्माले विधि र पद्धति अनुसार नै सरकार अघि बढीरहेको बताए ।

प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले विद्यमान नियम कानुन मिचेर मनपरी कर्मचारी सरुवा गरेको भन्दै त्यसबारे सरकारको जवाफ मागेपछि मन्त्री शर्माले त्यसबारे शुक्रबारको बैठकमा सदनलाई जानकारी गराएका हुन् ।

उनले प्रहरीको बढुबा उच्च अधिकारीले दिएको नम्बर र सिफारिसका आधारमा र मन्त्रालयको अधिकार प्रयोग गरि कर्मचारी सरुवा गरेको भन्दै सरकार विधि, प्रक्रिया र पद्धति अनुसार अघि बढेको दाबी गरे ।

गृहमन्त्री शर्माले संघीय प्रहरी ऐन अन्तिम चरणमा पुगेको स्थानीय प्रशासन ऐन मार्फत प्रशासन सम्बन्धी सबै समस्या सम्बोधन गर्ने तयारी भईरहेको जानकारी दिए ।

गत सोमबारको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको भारत भ्रमणमा संविधान संशोधनका बारेमा दिएको अभिव्यक्ति, ग्यास तथा पेट्रोल पाईपलाईन विच्छाउने, पश्चेश्वर आयोजनाको डिपी आर निर्माणका लागि नेपाली टोली भारत पठाएको, कर्मचारी सरुवा तथा आयल नियमको जग्गा खरिदमा भएको भ्रष्टाचार बारे सरकारको जवाफ माग गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);