भाषा आयोगले छिट्टै पुर्णता पाउँछः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, २३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा आयोगलाई छिट्टै पूर्णता दिने प्रतिबद्धता जनाएका छन् ।

 

प्रधानमन्त्री देउवाले संविधान अनुसार आयोगलाई पूर्णता दिने बताएका हुन् । भाषा आयोगलाई पूर्णता दिन आग्रह गर्दै शुक्रबार बिहान बालुवाटारमा पुगेका आयोग अध्यक्ष डा. लवदेव अवस्थीसमक्ष प्रधानमन्त्री देउवाले आयोगलाई चाँडै पूर्णता दिने प्रतिबद्धता जनाएका हुन् । भेटमा आयोगका अध्यक्ष अवस्थीले आयोगलाई पूर्णता नदिएर सरकारले आयोगलाई असहयोग गरेको भन्दै जिम्मेवारी अनुसारको कार्य सम्पादन पनि गर्न नसकिएको गुनासो गरेका थिए । भेटपछि अवस्थिले प्रधानमन्त्रीबाट सकारात्मक जवाफ पाएको र चाँडै भाषा आयोगले पूर्णता पाउने विश्वास व्यक्त गरेका हुन् ।

 

आयोगले भाषा आयोगको ऐन निर्माणको कामलाई अघि बढाउन नसकेकोतर्फ पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको छ ।

 

त्यस अवसरमा आयोगले सरकारी कामकाजको भाषालाई व्यवस्थित बनाउनुपर्ने, लोपोन्मुख भाषाहरुको संरक्षणका लागि तत्काल उपयुक्त कदम चाल्नुपर्ने लगायतका सुझावसहितको आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण पनि प्रधानमन्त्री देउवालाई बुझाएको छ । सरकारले एक वर्ष अघि केन्द्र र प्रदेशहरुको सरकारी कामकाजको भाषा निर्धारण, भाषा र लिपीको संरक्षण लगायतको काम गर्ने कार्यादेशसहित अवस्थीको अध्यक्षतामा आयोग गठन गरेको थियो । आयोगलाई भाषासम्बन्धी सम्पूर्ण निर्णय लिने अधिकार संविधानले नै व्यवस्था गरेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);