मतदाता शिक्षा प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

काठमाडौँ, १७ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयोगलाई निर्देशन दिएका छन् ।

निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधिप्रसाद यादवसहितको टोलीसँग आज बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले अधिकतम मत खस्ने गरी व्यवस्थापन गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले निर्वाचनका लागि आवश्यक पर्ने सबै सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन्।

प्रधानमन्त्रीसँगको भेटमा प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनलाई सफल बनाउन आयोगले सबै काम प्रभावकारी बनाउने बताए।

 

ताजा समाचार