सप्तरीमा मात्रा छ हजार सुरक्षाकर्मी परिचालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सप्तरीमा मात्रा छ हजार सुरक्षाकर्मी परिचालन

nepal prahari

राजविराज, २३ भदौ । निर्वाचन शान्तिपूर्ण र धाँधली रहित बनाउनका लागि सप्तरीमा मात्रै करिब छ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निर्वाचन अवधिभर जिल्लाभरिमा चार हजारभन्दा बढी जनपथ प्रहरी र दुई हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको  जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख मुकेशकुमार सिंहले बताए ।

प्रत्येक मतदान केन्द्रमा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात-सातजना सशस्त्र प्रहरीलाई खटाइएको छ भने गाउँपालिकामा प्रहरी निरीक्षकको नेतृत्वमा पाँच-पाँचजना सशस्त्र प्रहरीलाई खटाइएको सीमा सुरक्षा सशस्त्र प्रहरी उपरीक्षक रामाधार यादवले बताए ।

सप्तरीमा ४६२ मतदान केन्द्र र २९५ मतदान स्थल कायम गरिएको छ । सुरक्षाको दृष्टिकोणले २२४ मतदान केन्द्र अतिसंवेदनशील र २३८ संवेदनशील मतदान केन्द्र रहेको सप्तरीका प्रहरी प्रमुख सिंहले बताए ।

जिल्लामा ९ वटा नगरपालिका र ९ वटा गाउँपालिकामा १६५ वडा रहेका छन् । जिल्लामा तीन लाख ३१ हजार ७९ मतदाता संख्या रहेको छ । एक लाख ७० हजार ८८८ पुरुष र एक लाख ६० हजार ७७० महिला तथा २१ जना तेस्रोलिंगी मतदाता छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);