बानेश्वरमा मन्त्रीकाे गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

बानेश्वरमा मन्त्रीकाे गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते

gadi

काठमाडाैँ २३ भदौ । नयाँ बानेश्वरमा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट चढेको गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ । बा१झ ७१६३ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले पुष्टि गरेको छ ।

गाडीको ठक्करबाट बा ४८ प ९२५० मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । घाइतेको एभरेष्ट अस्पताल बानेश्वरमा उपचार भइरहेको छ । मन्त्रीको गाडीले ठक्कर दिएपछि बानेश्वर क्षेत्रमा केहीबेर सडक अवरुद्ध भएको थियो ।

गाडीले मोटरसाइकललाई ठक्कर दिए लगत्तै त्यस क्षेत्रमा रहेका सर्वसाधारणले मन्त्रीलाई घराबन्दी गरेका थिए । तत्काल प्रहरी घटनास्थमा पुगि मन्त्रीलाई सुरक्षीत स्थानमा लगेको छ । प्रहरीले मन्त्रिको नाम शुरुमा गोप्य राखेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);