इम्बोष्ट नम्बर प्लेट राख्ने सरकारको निर्णयप्रति माओवादी केन्द्रको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८३, शुक्रबार

काठमाडौँ, २३ भदौ । सवारी साधनहरुमा इम्बोष्ट नम्बर प्लेट राख्ने सरकारको निर्णयप्रति सत्तारुढ माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

 

सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले इम्बोष्ट नम्बर प्लेट राख्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका हुन् । व्यवस्थापिका संसदको शुक्रबार बसेको बैठकमा बोल्दै उनले सवारी साधनहरुमा इम्बोष्ट नम्बर प्लेट राख्ने नाममा करोडौं रुपैयाँ आर्थिक हिनामिना गर्ने काम भइरहेको आरोप लगाउँदै तत्काल बन्द गर्न पनि सरकारसँग माग गरेका हुन् ।

 

सांसद बिडारीले सरकारले लगानीकर्तालाई मध्यनजर गर्दै योजना अघि सार्ने काम गर्नुपर्ने धारणा राखेका हुन् ।