उपत्यकामा एकैदिन २४ सय ७५ जना सवारी चालकमाथि कारवाही | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८०, आइतबार

उपत्यकामा एकैदिन २४ सय ७५ जना सवारी चालकमाथि कारवाही

sawari sadhan

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ४७५ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेको कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गर्ने १४६, लने असुशासन पालना नगर्ने १३०, रेड लाइटको पालन नगर्ने ५३ र नम्बर प्लेट नदेखिने गरी राख्ने ४० जना सवारी चालक छन् । यस्तै, २ हजार १०६ जना सवारी चालकलाई अन्य कारवाही गरिउको कार्यालयले जनाएको छ ।

Leave a Reply