जाम्बियामा नयाँ राष्ट्रपति, राष्ट्रिय सभाका सदस्य र स्थानीय प्रतिनिधिहरू चयनका लागि बिहीबार आम निर्वाचन सम्पन्न भएको छ । यस निर्वाचनमा करिब ८७ लाख दर्ता भएका मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गरेका छन् । देशभरका मतदान केन्द्रहरू स्थानीय समयअनुसार बिहान ६ बजेदेखि खुल्ला गरिएको थियो । २२६ निर्वाचन क्षेत्र र १,८५८ वडाहरूमा फैलिएको यस निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको थियो । यस पटकको निर्वाचनमा सत्तारुढ युनाइटेड पार्टी फर नेशनल डेभलपमेन्टका तर्फबाट वर्तमान राष्ट्रपति हाकाइन्डे हिचिमेला पुनः चुनावी मैदानमा हुनुहुन्छ । उहाँको मुख्य प्रतिष्पर्धा नेशनल रिकन्सिलिएसन पार्टी फर युनिटी एन्ड प्रोस्परिटीका नेता ब्रायन मुन्डुबाइले लगायतका अन्य उम्मेदवारहरूसँग रहेको छ । जाम्बियाको निर्वाचन आयोगका अनुसार राष्ट्रपति पदमा निर्वाचित हुनका लागि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी सदर मत प्राप्त गर्नुपर्ने संवैधानिक प्रावधान छ । यदि पहिलो चरणमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त गर्न नसकेको खण्डमा दोस्रो चरणको निर्वाचन (रनअफ) गराइनेछ । स्थानीय समयअनुसार बेलुका ६ बजे मतदानको समय समाप्त भएको थियो । अब केही समयमा मतगणना शुरु हुने निर्वाचन अधिकारीहरूले जनाएका छन् ।




