म्यानम्यारका राष्ट्रपति टिन च्वँद्वारा पदबाट राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

म्यानम्यारका राष्ट्रपति टिन च्वँद्वारा पदबाट राजीनामा

एजेन्सी, ७ चैत । म्यान्मारका राष्ट्रपति टिन च्वँले आफ्नो पदबाट राजीनामा दिएका छन् । म्यान्मारकी प्रजातन्त्रबादी नेतृ आङसाङ सुचिका दाहिने हात मानिने ७१ बर्षीय च्वँ बिगत २ बर्षदेखी राष्ट्रपति पदमा आसिन थिए ।

गएको बर्षदेखी नै राजीनामा दिने हल्ला चलेका म्यान्मारका राष्ट्रपतिले बुधवार राजीनामा दिएका हुन् । राष्ट्रपति कार्यालयको आधिकारिक फेसबुक पेजमा राष्ट्रपति टिन च्वँले राजीनामा दिएको उल्लेख छ ।

फेसबुकमा जारी बयानमा राष्ट्रपतिको हस्ताक्षर छैन । फेसबुक विवरणमा अस्वस्थ राष्ट्रपतिले आरामका लागि राजीनामा दिएको उल्लेख गरिएको छ । गत बर्षदेखी नै राष्ट्रपति च्वँको राजीनामाको बिषयलाई लिएर बिभिन्न अड्कलबाजीहरु भइरहेको थियो । यस सम्बन्धमा नेशनल लिगफर टेमोक्रेसी र म्यान्मार सरकारले अनर्गल हल्ला भन्दै आएका थिए ।

राष्ट्रपतिको राजीनामा पछि म्यान्मारको संबिधान अनुसार त्यहाँका उपराष्ट्रपतिले नै कार्यकारी राष्ट्रपतिको अधिकार प्रयोग गर्न पाउनेछन । संसदले नयाँ राष्ट्रपति छनौट गर्न प्रक्रियामा जानु पर्ने हुन्छ । सन २०१६ मा राष्ट्रपति बनेका टीनले प्रयोग गर्ने शक्तिको प्रयोग नेतृ आङसाङ सुचिले गर्दै आएपछि उनी आलंकारिक राष्ट्रपतिको रुपमा चर्चित भएका थिए ।

म्यान्मारमा सैनिक शासनका बेला जेल जिवन बिताएकी नेतृ सूचिलाई उच्च पदमा आसिन हुन प्रतिबन्ध गरिएपछि उनका सहयोगी टीन राष्ट्रपति बनेका थिए । राष्ट्रपति टीन नेतृ सुचिको बाल्यकालको साथी, सल्लाहकार र कुनै समय सवारी चालकको रुपमा समेत रहेका थिए ।

म्यान्मारमा सन् २०१५ को नोभेम्बरमा सम्पन्न निर्वाचनमा सूचिको पार्टी नेशनल लिग फर डेमोक्रेसीले भारी मतका साथ बिजय हासिल गरेको थियो । तर सूचिलाई शासनमा बलियो पकड बनाउन नदिन भएको खेल, सैनिक गतिबिधि र रोहिंग्या मुस्लिमहरुको समस्याका कारण धेरैतिरबाट आलोचना ब्यहोर्दै आउनु परेको छ ।

रखाइन राज्यमा गएको अगस्त महिनामा म्यान्मारको सेनाले बिद्रोही बिरुद्ध कारबाही गरेपछि करिव ७ लाख रोहिंग्या मुस्लिमहरु म्यान्मारबाट भागेर बंगलादेश पुगेर शरणार्थी बनेका छन् । संकट र नरसंहारले म्यान्मारको बदनामी भइरहेको विवरणहरु सार्बजनिक भएका छन् ।

उता संयुक्त राष्ट्रसंघले म्यान्मारमा भइरहेको घटनाप्रति अनुसन्धान गर्न खोज्दा म्यान्मार सरकारले अवरोध सिर्जना गरेको आरोप लगाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);