फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजी पक्राउ

france rastapati

एजेन्सी, ७ चैत । सन् २००७ को राष्ट्रपतीय चुनावमा तत्कालीन लिबियाली शासक मुअम्मर गद्दाफीसँग आर्थिक सहयोग लिएको आरोपमा फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई पक्राउ गरिएको छ ।

चुनावी खर्चको पादशर्दिताबारे मुद्दा खेपिरहेका सार्कोजीलाई प्रहरीले पक्राउ गरेको हो । फ्रान्सेली महान्यायाधीवक्ता कार्यालयले सार्कोजीलाई पक्राउ गरिएको पुष्टि गरेको छ । सार्कोजीमाथि सन् २००७ को राष्ट्रपतीय चुनावका दौरान तत्कालीन लिबियाली शासक कर्णेल मुअम्मर गद्दाफीसँग आर्थिक सहयोग लिएको आरोप लागेको छ । यस विषयमा अनुसन्धान गरिरहेका फ्रान्सेली प्रहरी अधिकारीहरूले सार्कोजीसँग चुनावी खर्चको पारदर्शिताबारे बयान लिएको एएफपीले जनाएको छ ।

सन् २०१२ मा सत्ताबाट बाहिरिएका ६३ वर्षीय सार्कोजीले चुनाव जित्न अनुचित तवरले गद्दाफीबाट आर्थिक सहयोग लिएको खुलासा भएपछि यसले फ्रान्सको राजनीति तरङ्गित बनेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);