अन्तरिक्ष स्टेशनमाथि नयाँ र आधुनिक उपकरण जडान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अन्तरिक्ष स्टेशनमाथि नयाँ र आधुनिक उपकरण जडान

एजेन्सी, ६  चैत । सौर्य मण्डलमा सूर्यबाट निस्किने प्रकाश उर्जाकोमात्रा अध्ययनका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमाथि नयाँ र आधुनिक उपकरण जडान गरिएको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा जडान गरिएको टोटल एण्ड स्प्याक्ट्रल सोलार इरेडियन्स सेन्सरले पूर्ण रुपमा काम गरिरहेको नाशाले जनाएको छ ।

सूर्यबाट निस्केको प्रकाशबारे बिभिन्न अध्ययन अनुसंन्धान भइरहेता पनि सूर्यबाट निस्किने प्रकाश उर्जाको मात्राबारे बिस्तृत जानकारीका लागि अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनमा नयाँ उपकरण जडान गरिएको छ । सो उपकरणले त्यहाँको गतिबिधि संकलन गरिरहेको छ ।

नाशाका बैज्ञानिक डाेंग वू को भनाइ छ, अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनमा एकत्रित तथ्याँकबाट पृथ्बीमा बिकिरणमाथि सूर्यको प्रभाव ओजनलियर पर्याबरणीय चक्र,बायू र अन्य जानकारीका माध्ययमबाट पृथ्बीमा पर्ने असरबारे अध्ययन गरिनेछ । यसबाट जलबायू परिवर्तनको प्रभावलाई पनि बुझ्न मद्धत पुग्ने बैज्ञानिकहरुले बिश्वास गरेका छन ।

स्प्याक्ट्रल सोलार इरेडियन्सबाट प्राप्त तथ्यांकले पृथ्बीलाई उर्जा प्रदान गर्ने प्राथमिक श्रोतलाई राम्ररी बुझन मदत मिल्ने नाशाका बैज्ञानिक डाेंगको बिश्वास छ ।

सौर्य मण्डलमा भएका कतिपय चमत्कारिक घटनालाइ मानिसहरुले आश्चर्य प्रकट गरेतापनि बैज्ञानिकहरुले त्यसलाइ समान्य ढंगले लिदै थप अध्धयन र अनुसन्धान गरी पृथ्वी र सौर्य मण्डलका रहस्यबारे मानिसहरुलाई जानकारी दिंदै आएका छन ।

सूर्यबाट निस्किने प्रकाश उर्जाको मात्रा बारेको अध्ययनले मानिसहरुको आवश्यकतालाई समेट्न सक्ने ज्ञान बिज्ञानकमा अध्ययनरत बिशेषज्ञहरु बताउँछन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);