फेसबुकका संस्थापक मार्क जुकरबर्गद्वारा प्रयोगकर्ताको डाटा चोरी भएकामा गल्ती स्वीकार | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

फेसबुकका संस्थापक मार्क जुकरबर्गद्वारा प्रयोगकर्ताको डाटा चोरी भएकामा गल्ती स्वीकार

सामाजिक सञ्जाल फेसबुकले करोडौं प्रयोगकर्ताको डाटा चोरी भएकामा गल्ती स्वीकार गरेको छ ।

काठमाडौं, ८ चैत । सामाजिक सञ्जाल फेसबुकले करोडौं प्रयोगकर्ताको डाटा चोरी भएकामा गल्ती स्वीकार गरेको छ ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले क्याम्ब्रिज एनालिटिका स्क्यान्डल सार्वजनिक भएपछि आफ्नो कम्पनीको गल्ती भएको स्वीकार गरेका हुन् । उनले फेसबुक प्रयोगकर्ताका सामाग्री तेस्रो पक्षले लिन नसक्ने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । जुकरबर्गले एप्स बनाउने अलेक्जेन्डर कोगन र क्याम्ब्रिज एनालिटिकाले फेसबुक र फेसबुक प्रयोगकर्तामाथि विश्वासघात गरेको भन्दै फेसबुकमा आएको समस्या समाधानका लागि केही प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाए ।

फेसबुकमा डाटा चोरी भएको खबर सार्वजनिक भएलगत्तै फेसबुकको शेयरमा आठ प्रतिशत गिरावट आएको थियो । अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पलाई सहयोग गर्ने क्याम्ब्रिज एनालिटिका कम्पनीले फेसबुकका पाँच करोडभन्दा बढी प्रयोगकर्ताको जानकारी चोरेको सार्वजनिक भएपछि जुकरबर्गले गल्ती स्वीकार गरेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);