‘८ करोडभन्दा बढी फेसबुक प्रयोगकर्ताका विवरण दुरुपयोग’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

काठमाडौं, २२ चैत । क्याम्ब्रिज एनालिटिका नामक राजनीतिक परामर्शदातृ संस्थाले ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको विवरण गलत तरिकाले लिएको पाइएको छ ।

फेसबुकले आफूले सोचेभन्दा धेरै प्रयोगकर्ताको विवरण क्याम्ब्रिज एनालिटिकाले लिएको बताएको छ । ८ करोड ७० लाखमध्ये अधिकांश प्रयोगकर्ता अमेरिकाका तथा ११ लाख प्रयोगकर्ता बेलायतका भएको बताइएको छ । गोप्य जानकारी सार्वजनिक गरेका क्रिस्टोफर विलीले ५ करोड प्रयोगकर्ताको विवरण दुरुपयोग गरिएको यसअघि नै बताएका थिए ।

फेसबुकका प्रमुख मार्क जुकरबर्गले प्रयोगकर्ताका विवरण चुहिने सुविधालाई बन्द गरिसकेको भन्दै पछिल्लो प्रकरणका विषयमा आन्तरिक छानबिन गर्ने बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);