चीन र अमेरिकाबीचको व्यापारीक तनाव चुलियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

चीन र अमेरिकाबीचको व्यापारीक तनाव चुलियो

एजेन्सी, २१ चैत । चीनले अमेरिकी आयातमा कर बढाउँदै छ । चीनको यो निर्णयसँगै दुई देशबीचको व्यापारिक तनाव चुलिएको छ । अमेरिकाबाट आयात गर्ने एक सयभन्दा बढी वस्तुहरूमा चीनले २५ प्रतिशतले भन्सार शुल्क बढाउँदैछ । अमेरिकाले सयौँ चिनियाँ उत्पादनहरूमा नयाँ कर लगाउने योजना सार्वजनिक गरेयता दुई देशबीच व्यापारसम्बन्धी तनाव देखिएको छ ।

यहीबेला प्रतिक्रिया स्वरूप चीनको यस्तो निर्णय आएको हो । भटमास, सुन्तलाको जुस तथा कारहरू सहित १ सय ६ किसिमका अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत कर लगाइने चीनले बताएको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकाले पनि करिब १३ सय चिनियाँ उत्पादनहरूमाथि २५ प्रतिशत आयात कर लगाउन खोजिरहेको विवरण सार्वजनिक गरेको केही घण्टापछि नै चीनको यस्तो प्रतिक्रिया आएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);