सामाजिक सञ्जालले पाँच अर्ब डलर जरिवाना तिर्नु पर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

सामाजिक सञ्जालले पाँच अर्ब डलर जरिवाना तिर्नु पर्ने

facebook

काठमाडौं, २९ असार । सामाजिक सञ्जालले अहिलेसम्मकै उच्च पाँच अर्ब अमेरिकी डलर जरिवाना तिर्नु पर्ने भएको छ ।

प्रयोगकर्ताको व्यक्तिगत विवरण राजनीतिक स्वार्थका लागि अवैध रुपमा प्रयोग भएको सम्बन्धमा अनुसन्धान गरिरहेको अमेरिकी निकायले फेसबुकलाई पाँच अर्ब अमेरिकी डलर जरिवाना तिर्नु पर्ने निर्णय गरेको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अमेरिकीकाको द फेडेरल ट्रेड कमिसन (एफटिसी) ले फेसबुकका ८ करोड ७० लाख भन्दा बढी प्रयोगकर्ताको जानकारी राजनीतिक परामर्शदाता क्याम्ब्रिज एनालिटिकाले अवैध रुपमा प्राप्त गरी निहित राजनीतिक स्वार्थका लागि प्रयोग गरेको सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

फेसबुकलाई पाँच अर्ब अमेरिकी डलर जरिवाना तिराउने सम्बन्धी प्रस्ताव एफटिसीमा ३–२ भोटले पारित भएको स्रोतलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यस सम्बन्धमा फेसबुक र एफटिसीले कुनै प्रतिक्रिया दिन नचाहेको बताइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);