एन्फालाई ७ हजार अमेरिकन डलर जरिवाना | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

एन्फालाई ७ हजार अमेरिकन डलर जरिवाना

काठमाडौं । एसियन फुटबल कन्फेडेरेसन एएफसी ले अखिल नेपाल फुटबल संघ एन्फा लाई ७ हजार अमेरिकी डलर जरिवाना तोकेको छ।

कुवेतमा भएको एएफसी एसियन कप छनोट खेलमा आचारसंहिता उलङघन गरेको भन्दै एएफसीले एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना तोकेको हो ।

प्रतियोगिताका बेला प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नियम उल्लंघन गर्दै ‘ड्रेसिङ रुम’ मा प्रवेश गरेको तथा लगातार दुई खेलमा पहेँलो कार्ड सामना गरेका अब्दुल्लाहको क्रियाकलापलाई लिएर एन्फालाई जरिवाना गराएको हो ।

‘प्रशिक्षका कारण एन्फालाई जरिवाना परेको हो, प्रशिक्षकले त्यस्तो काम गर्नु हुदैनथ्यो’ एन्फाको प्रवक्ता सुरेश शाहले न्युज कारखानासँग भने ।

आयोजक कुवेत र जोर्डनविरुद्ध लगातार पहेँलो कार्ड सामना गरेपछि अब्दुल्लाह तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध टेक्निकल एरियामा बस्न नपाउने भए पनि अब्दुल्लाहले सो नियम उलङघन गरेर ‘ड्रेसिङ रुम’ मा गएका थिए । एएफसीले नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाहले नियम उल्लंघन गरेको ठहर गरेको तथा सोही घटनालाई आधार मान्दै एएफसीले तीन महिनापछि एन्फालाई जरिवाना गर्ने निर्णय लिएको हो ।

सो घटना पछि एएफसीले एन्फालाई ६ हजार डलर तथा इन्डोनेसिया बिरुद्धको खेलको दोस्रो हाफमा खेल ढिला गराए पछि नेपालले थप एक हजार अमेरिकी डलर जरिवाना तिर्नु परेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);