अब्दुल्लाहको फेरि घुर्की, भन्छन्- लिगको खेल रंगशाला गएर हेर्दिनँ’ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अब्दुल्लाहको फेरि घुर्की, भन्छन्- लिगको खेल रंगशाला गएर हेर्दिनँ’

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगका खेल रंगशालामा गएर नहेर्ने बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले जारी शीर्ष डिभिजन लिगका खेल मैदान गएर नहर्ने र टेलिभिजनबाटै हेर्ने प्रतिक्रिया दिएका हुन् । 

पछिल्लो समय  लिग खेलिरहेका खेलाडीलाई होटलमा बोलाएर १५ र १८ माघमा दशरथ रंगशालामा हुने मौरिससँगको खेलमा खेलाडीलाई ‘विभिन्न होमवर्क’ दिएको विषय बाहिर आउनु र क्लबले समेत अखिल नेपाल फुटबल संघ (एन्फा) मा पत्र काटेपछि कुवेती नागरिक अब्दुल्लाहले सामाजिक सञ्जालमा आक्रोश ब्यक्त गरेका हुन् । 

उनले खेलाडीलाई मौरिसससँगको खेलमा कुनै दबाब नदिएको बताएका छन् । ‘मैले कहिल्यै पनि खेलाडीलाई लिगको खेलमा १०० प्रतिशत दिएर नखेल्नु भनेको छैन । मलाई विश्वास छ, क्लबमा १०० प्रतिशत नदिनेले राष्ट्रिय टोलीमा पनि १०० प्रतिशत दिँदैन,’ उनले खेलेका छन् । 

यसअघि अब्दुल्लाहले पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँग ३४ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका थिए । जसमा सात खेलाडीले पहिलोपटक मौका पाएका छन् । अब्दुल्लाहले यसै हप्ता खेलाडीलाई आफू बसेको ठमेलको एक होटलमा बोलाए मौरिसससँग खेलमा खेलाडीलाई विभिन्न ‘होकवर्क’ दिएको र लिगमा बचेर खेल्न बताएको  एक क्लबका प्रशिक्षकले न्युज कारखानालाई बताए । 

‘क्लब र प्रशिक्षकलाई उहाँले थाहै नदिई खेलाडीलाई भेट्नु भएछ । उहाँले मौसिसससँग खेल्नुअघि खेलाडीलाई ‘होमवर्क’ दिने, बचेर खेल भने, यस्तो गर्नुभएको रहेछ,’ नाम नबताउने सर्तमा एक शीर्ष क्लबका प्रशिक्षकले भने । 

‘लिग चलिरहेको छ । उनले खेलाडीलाई बचेर खेल भन्नेबित्तिकै खेलाडी चोट छ बनेर बसिरहेका छन् । यसरी भेट्न पनि हुन्न थियो । क्लबले यत्रो लगानी गरेको छ । अझ नवौं चरणपछि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउनुपर्ने थियो, त्यो नहुँदा हामीलाई गाह्रो भयो । खेलाडीले पनि लिग र राष्ट्रिय टोली दुवैको दबाब लिए,’ उनले भने । 

यससँगै जारी लिगमा साँतौ चरणबाटै शीर्षस्थानमा रही एएफसी कपमा नेपालको प्रतिनिधित्व गरेको मछिन्द्र क्लबले प्रशिक्षकको यो हर्कतसँगै एन्फालाई पत्र नै काटेको छ । जारी लिगको नवौं चरण आजबाट सुरु हुँदैछ । सोमबारसम्म चल्ने यस चरणको खेलपछि लिगका खेलले विश्राम पाउनेछ र नेपाली टोली मौरिसससँग हुने खेल तयारीमा लाग्नेछन् भने यही समयमा मोफसलमा विभिन्न प्रतियागिता रहने तालिका छ । 

प्रशिक्षक अब्दुल्लाह भने लिग र क्लब नै फुटबल विकासको मुख्य आधार भएको र आफूले खेलाडीलाई नखेल भन्न नसक्ने बताउँछन् । ‘मलाई विश्वास छ, क्लब र लिग नै फुटबल विकासको मुख्य आधार हो । त्यसकारण मैले कसरी खेलाडीलाई १०० प्रतिशत दिएर नखेल भन्न सक्छु,’ उनले लेखेका छन् । यस्तै उनले आफ्नो उपस्थितिले खेलाडी र क्लबलाई दबाब सिर्जना भएको हो भने मैदान नगई लिग हेर्ने बताए । 

‘मेरो उपस्थितिले खेलाडी तथा क्लबलाई दबाब सिर्जना भएको हो भने मसँग समस्या समाधानको एक उपाय छ । म टेलिभिजनमा लिगका खेल हेर्छु । सबै क्लब र खेलाडीहरूलाई लिगका लागि शुभकामना,’ छैटौं चरण समाप्तिपछि नेपाल आएका अब्दुल्लाहले भनेका छन् । यसो त प्रशिक्षक अब्दुल्लाहको यो घुर्की हर्कत पहिलो हैन । उनले नेपाल आएदेखि नै यस्ता आचरण देखाउँदै आएका छन् । 

एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई मेन्सन गरी उनकै कारण आफूले एन्फामा राजीनामा दिन गएको बताएका अब्दुल्लाहले धेरैपटक राजीनामाको घुर्की देखाएका छन् । नेपाल पहिलोपटक साफ फुटबलको इतिहासमा २८ वर्षपछि फाइनल पुग्दासमेत अब्दुल्लाहले आफू नेपाली टोलीमा नरहने घुर्की देखाएका थिए । यद्यपि उनले सन् २०२२ सम्म सम्झौता नवीकरण गरेका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);