फेसबुक डाटा चोरेको आरोप लागेको क्याम्ब्रिज एनालिटिका बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

फेसबुक डाटा चोरेको आरोप लागेको क्याम्ब्रिज एनालिटिका बन्द

cambridge analitical

काठमाडौं, २० बैशाख । फेसबुक प्रयोगकर्ताका गोप्य सूचना चोरेर अमेरिकी चुनावमा डोनल्ड ट्रम्पलाई सघाएको आरोप लागेको राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिका बन्द हुने भएको छ ।

क्याम्ब्रिज एनालिटिकाले आफ्नो वेबसाइटमार्फत सूचना जारी गरी व्यवसाय बन्द गर्न लागेको बताएको छ । क्याम्ब्रिज एनालिटिकाले आफूमाथि लगाइएका आरोपको खण्डन गरेको छ । क्याम्ब्रिज एनालिटिकाकी प्रवक्ता क्लरेन्स मिचेलले केही महिनायता आधारहीन आरोप लगाएर कम्पनीलाई बदनाम गरिएको भएपनि आफ्ना कर्मचारीले हमेशा नैतिक र कानुनी रुपबाट सही काम गर्दै आएको सूचनामा उल्लेख गरेका छन् ।

उनले मिडिया कभरेजका कारण कम्पनीका लगभग सबै ग्राहक र सप्लायरहरु गायब भएकाले व्यवसाय चलाउन आर्थिक रुपबाट फाइदा नरहेको बताए । क्याम्ब्रिज एनालिटिकामाथि ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरेको आरोप छ । क्याम्ब्रिज एनालिटिकाले गोप्य सूचना चोरी गरेको खबर सार्वजनिक भएपछि फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफूहरुबाट गल्ती भएको स्वीकार गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);