आईफोनको बिक्रीले एप्पलको आम्दानी बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आईफोनको बिक्रीले एप्पलको आम्दानी बढ्यो

apple iphone

काठमाडौं, २० बैशाख । आईफोनको बिक्रीमा भएको उत्साहजनक वृद्धिले एप्पलको आम्दानी १६ प्रतिशतले वृद्धि भई ६१ अर्ब डलर माथि पुगेको छ ।

मार्चसम्मको तीन महिनाको अवधिमा कम्पनीले ५ करोड २२ लाख आईफोन बिक्री गरेको छ । एप्पलको सेवा व्यवसाय करिब एक तिहाईले वृद्धि भई ९ दशमलव एक अर्ब डलर पुगेको छ । समग्रमा एप्पलले बिक्री भएको फोनको संख्यामा ३ प्रतिशतको वृद्धि भएको जनाइएको छ । यसैबीच फोनबाट भएको आम्दानीमा १४ प्रतिशतको वृद्धि भएको छ । मूल्य झन्डै १ हजार डलर भए बावजुद त्रैमासिक अवधिको प्रत्येक सातामा आईफोन एक्स सर्वाधिक बिक्री हुने मोडल भएको एप्पलले जनाएको छ ।

औसत बिक्री मूल्य ७ सय २८ अमेरिकी डलर कायम भएको छ । एप्पलको आम्दानीमा आईफोनको हिस्सा लगातार ठूलो रहदै आएको छ । एप्पलको कुल आम्दानीमा आईफोको हिस्सा ६२ प्रतिशत रहेको छ । आईप्याडको बिक्री गत वर्षको तुलनामा २ प्रतिशतले वृद्धि भई ९१ लाख थान पुगको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);