राष्ट्रपति भण्डारीद्दारा कृषिको आधुनिकीकरण आवश्यक रहेकोमा जोड | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राष्ट्रपति भण्डारीद्दारा कृषिको आधुनिकीकरण आवश्यक रहेकोमा जोड

bidhaya devi

काठमाडौं, २० बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिको आधुनिकीकरण आवश्यक रहेकोमा जोड दिएकी छन् ।

अन्तर्राष्ट्रिय सिंचाई तथा जल विकास नियोगको आठौं एशियाली क्षेत्रीय सम्मलेलनको काठमाडौंमा उद्घाटन गर्दै उनले नेपालको कृषि प्रणालीलाई बैज्ञानिकीकरण गर्नुपर्नेमा जोड दिए । सिंचाई तथा जल व्यवस्थापनलाई अन्तर्राष्ट्रियस्तरमा विकास गर्नु पर्ने सुझाव दिदै कृषि क्षेत्रमा कार्यरत जनशक्तिको अनुसन्धानात्मक र प्राविधिक क्षमता अभिवृद्धि गुर्नपर्ने उनको भनाई थियो ।

सिंचाई, नदी नियन्त्रण एवं कृषियोग्य जमिनबाट पानी निकासका क्षेत्रमा बैज्ञानिक अनुसन्धान र प्राविधिक ज्ञानलाई अन्तर्राष्ट्रिय रुपमा आदान प्रदान गरी नेपालले पाठ सिक्नु पर्ने बताए । नेपालमा सिंचित कृषिको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको भन्दै यसलाई सदुपयोग गर्नु राष्ट्रपति भण्डारीको भनाई थियो । उनले नेपालको कृषि क्षेत्र विश्वकै उदाहरणको रुपमा रहेको भन्दै यसलाई अन्तर्राष्ट्रियस्तरको प्राविधिक दक्षता सीपको खाँचो रहेको औल्याए ।

३० देशका एक सयभन्दा बढी जलस्रोत विज्ञ र नेपालका ५ सय अनुसन्धानकर्ता र विज्ञ सहभागी सम्मेलनमा २२ मुलुकका ७० वटा अनुसन्धान सम्बन्धि कार्यपत्र पेश गरिनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);