सगरमाथा इन्स्योरेन्सको तीन अर्ब बीमा शुल्क आम्दानीको लक्ष्य पूरा  | ईमाउण्टेन समाचार

Our Network

साउन २५ २०८३, मंगलबार

सगरमाथा इन्स्योरेन्सको तीन अर्ब बीमा शुल्क आम्दानीको लक्ष्य पूरा 

काठमाडौं। सगरमाथा इन्स्योरेन्स लिमिटेडले बीमा शुल्क आम्दानीमा करिब १५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । चालू आर्थिक वर्षको असार २८ गतेसम्ममा कम्पनीको बीमा शुल्क बापतको आम्दानी तीन अर्ब नाघेको छ।

तीन अर्ब रुपैयाँ बीमाशुल्क आम्दानीको लक्ष्य पुरा भएकोमा सगरमाथा इन्स्योरेन्सका कर्मचारीले खुशियाली मनाउँदै केक काटेका छन् । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७÷७८ मा २ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ बीमा शुल्क आम्दानी गरेको थियो।

यो अघिल्लो आ.वको तुलनामा १६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा २ अर्ब २५ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो।

Leave a Reply