नेपाल टेलिकमको आम्दानी साढे पाँच प्रतिशतले घट्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपाल टेलिकमको आम्दानी साढे पाँच प्रतिशतले घट्यो

nepal telecom

काठमाडौं,२ फागुन । नेपाल दूरसञ्चार कम्पनीको आम्दानी साढे पाँच प्रतिशतले घटेको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार टेलिकमको आम्दानीमा साढे पाँच प्रतिशतले घटेको हो। कम्पनीको चालु आर्थिक वर्ष २०७४–७५ दोस्रो त्रैमासिक साउनदेखि पुस मसान्तसम्म वित्तीय विवरणअनुसार कम्पनीको राजस्वपछिको खुद नाफा सात अर्ब ४८ करोड २८ लाख रुपैयाँ भएको छ । यो गत वर्षको सोही अवधिको भन्दा ४३ करोड ५८ लाख रुपैयाँले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीले सात अर्ब ९१ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको चालु आवको दोस्रो त्रैमासिकमा अराजस्व अघिको नाफा १० अर्ब दुई करोड ६६ लाख छ । यो गत वर्षको भन्दा ७१ करोड ९१ लख रुपैयाँले कमी हो। कम्पनीको वित्तीय विवरणअनुसार ६ महिनाको अवधिमा कम्पनीको जम्मा आम्दानी २२ अर्ब ३६ करोड ९९ लाख रुपैयाँ रहेको छ । जसमध्ये कम्पनीको सेवाबाट १९ अर्ब ७० करोड ६४ लाख र अन्य आम्दानी दुई अर्ब ६६ करोड ३५ लाख रुपैयाँ रहेको छ । कम्पनीले गत वर्ष सोही अवधिमा आफ्ना सेवाहरूबाट २० अर्ब ६४ करोड १२ लाख रुपैयाँ कमाएको थियो।

त्यसैगरी, कम्पनीले चालु आवको ६ महिनाको खर्च १२ अर्ब ३४ करोड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीको ‘पर्सनल कस्ट’ र सञ्चालन तथा मर्मत सम्भावमा तीन अर्ब १७ करोड र तीन अर्ब २३ करोडभन्दा धेरै खर्च भएको छ । कम्पनीको ह्रास कट्टीमा दुई अर्ब २० करोड, सञ्चालन, नवीकरण लगायतमा एक अर्ब ७६ करोड रुपैयाँभन्दा धेरै खर्च भएको छ । गत वर्षको सोही अवधिमा भन्दा चालु आवको दोस्रो त्रैमासिकमा कम्पनीको खर्च ६१ करोड ७५ लाख रुपैयाँले बढेको छ।
कम्पनीले ६ महिनामा राज्यलाई दुई अर्ब ५४ करोड ३८ लाख रुपैयाँ राजस्व बुझाएको तथ्यांकमा उल्लेख छ । यो गत वर्षको भन्दा २८ करोड ३३ लाख रुपैयाँले कमी हो। कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको छ भने उसको जगेडा कोषमा दोस्रो त्रैमासिकमा ७५ अर्ब ३४ करोेड ५० लाख रुपैयाँ रहेको छ । यो गत आर्थिक वर्षको सोही अवधिमा जगेडा कोष ७८ अर्ब ८१ करोड ७८ लाख रुपैयाँ रहेको थियो।

कम्पनीले आव ०७३–७४ मा ४४ अर्ब ५९ करोड रुपैयाँ आम्दानी गरेको र खुद नाफा १३.४२ प्रतिशतले वृद्धि हुदै १५ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । टेलिकमले राज्यलाई २४ अर्ब ५४ करोड रुपैयाँ राजस्वमा योगदान गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ। कम्पनीले गत आर्थिक वर्ष १७.२३ प्रतिशतले आफ्ना ग्राहक वृद्धि गर्दै एक करोड ८५ लाख ५८ हजार नाघेको जनाएको छ । कम्पनीको टेलिगघत्व ६४.६३ प्रतिशत पुगेको छ । त्यसैगरी, कम्पनीको डाटा प्रयोग गर्ने ग्राहक १०.७७ प्रतिशतले वृद्धि भइ ८९ लाख ३५ हजार र डाटा घनत्व ३१.१२ प्रतिशत पुगेको छ।

गत आर्थिक वर्षमा डाटा सेवाको घनत्वमा पनि सामान्य वृद्धि घएको थियो । गत वर्ष २७.२१ प्रतिशत घनत्व रहेको डाटा सेवा पछिल्लो एक वर्षमा २९.७४ प्रतिशत पुगेको छ । कम्पनीका अनुसार ०७३ असार मसान्तसम्ममा इन्टरनेट ग्राहक संख्या ७६ लाख सात हजार पाँच सय ६९ रहेकामा हाल यसमा १०.७६ प्रतिशतले वृद्धि भइ कूल डाटा–इन्टरनेट ग्राहक आधार ८४ लाख २५ हजार आठ सय ९४ पुगेको छ। आजको नागरिक दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);