अहिलेको निर्वाचन विश्व नै चकित हुने गरि सम्पन्न: प्रमुख आयुक्त यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

अहिलेको निर्वाचन विश्व नै चकित हुने गरि सम्पन्न: प्रमुख आयुक्त यादव

काठमाण्डौँ, ४ पुस । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले हालै सम्पन्न भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचन विश्व नै चकित हुने गरि शान्तिपूर्ण रुपमा सम्पन्न भएको दाबी गरेका छन् ।

मंगलबार ओखलढुंगाको सदरमुकाममा चुनावमा खटिएका कर्मचारीलाई धन्यवाद दिँदै प्रमुख आयुक्त यादवले राजनीतिक दलहरुलाई संवैधानिक र राजनीतिक असहमतिहरु तत्काल मिलाएर निकास खोज्न समेत आग्रह गरे।

देशमा ठूल-ठूला समस्या सहमतिबाटै हल भएको कारण अहिलेको समस्याको पनि सहमतिबाटै निकास खोज्न राजनीतिक दलहरुलाई अग्रसरता लिन उनले आग्रह गरे ।

केही कानुनी समस्या समाधान भइनसकेकोले आयोगले अन्तिम मतपरिणाम नेपाल सरकार र प्रदेश प्रमुखलाई हस्तान्तरण गर्न नसकेको समेत उनले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);