सरकारले राष्ट्रिय सभा निर्वाचन प्रभावित गर्न खोजेको एमालेको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकारले राष्ट्रिय सभा निर्वाचन प्रभावित गर्न खोजेको एमालेको आरोप

UML

काठमाडौं, ३ माघ । नेकपा एमालेले सरकारले राष्ट्रिय सभा निर्वाचन प्रभावित गर्न खोजेको आरोप लगाएको छ ।

एमाले स्थायी कमिटि बैठकले सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी नतोकेर निर्वाचन प्रभावित पार्ने चलखेल गरेको आरोप लगाएको हो । सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति माघ २४ लाई तय गरेपनि निर्वाचन हुन नदिने आशंका बढेको एमालेको निष्कर्ष छ ।

त्यस्तै काम चलाउ सरकारले दीर्घकालिन असर पार्ने निर्णय गरेको भन्दै एमालेले कुनै पनि निर्णय नगर्न सरकारलाई ध्यानकर्षण गराएको सचिव योगेश भट्टराईले बताए । बैठकले राष्ट्रिय सभा उमेदवार प्रदेश तहबाटै सिफारिस गर्न मातहातका कमिटीलाई निर्देशन दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);