रिर्सोटको बाथरुममा युवती मृत फेला, युवक फरार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

रिर्सोटको बाथरुममा युवती मृत फेला, युवक फरार

woman dead

बिमल जैरु
डडेल्धुरा,१४ जेठ । डडेल्धुरा जिल्ला सदरमुकाम नजिकै रहेको एक रिर्सोटको बाथरुममा युवती मृत भेटिएकी छन् । बुधबार विहान करिब ७ बजेतिर तिर युवतीले रिर्सोटमा रुम बुक गरेको थिईन ।

रुम बुक गर्दा मृतक युवती संग एक जना युवक पनि रहेको रिर्सोटका सहायक लेखापाल ईन्द्र विष्टले जानकारी दिनुभयो । भने करिब ११ बजेतिर खानाको अडर गर्न जादा कोठा खुल्ला रहेको र वाथरुममा युवती मृत देखेपछि प्रहरीलाई जानकारी गराएका थियौ उनी संगको युवक फरार रहेको छ ।

अमरगढी नगरपालिका ७ सल्लागाउ घर भएकी अन्दाजी १९ देखि २० वर्षकी निर्मला बोहरा होटेलको बाथरुममा पानी तताउन प्रयोग हुने मल्टीप्लगको तारले बाथरुममा लुगा राख्ने ह्याङगरमा झुण्डिएको अवस्थामा फेला परेकि थिईन । मृतकका आफन्तहरु नआउदा सम्म उक्त कोठालाई सिल गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायक उपरीक्षक दधिराम न्यौपाने ले जनाकारी दिनुभयो ।

११ बजेतिर होटेलले खानाको लागी अडर गर्न कोठामा फोन गरेको र फोन नउठेपछि होटेलको स्टाफ खानाको अडर गर्न रुममा पुग्दा रुमको ढोका खुल्लै रहेको र बाथरुममा महिला मृत रहेको प्रारम्भीक रिर्पोट रहेको र घटनाको विस्तृत अनुसन्धान जारी रहेको डिएसपी दधिराम न्यौपानेले बताउनु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);