दमकमा एक युवती मृत अबस्थामा फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दमकमा एक युवती मृत अबस्थामा फेला

झापा, १९ कार्तिक । झापाको दमकमा एक युवती मृत अबस्थामा फेला परेकी छन् । दमक नगरपालिका वडा नम्बर ५ की २२ वर्षीया दीक्षा लिम्बु आफ्नै कोठामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

उनमा हिजो मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । १७ गते स्वाव संकलन गरिएको र हिजो पीसीआर परीक्षको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाको फोकल पर्सन कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

मृत फेला परेकी उनी कोरोना संक्रमित भएकाले नेपाली सेनाको टोली केहिबेर अघि आइपुगेको छ । सेनाको टोली आएसँगै अहिले मुचुल्का तयारी गर्ने काम भइरहेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);