६० लाख बढी मुल्य पर्ने ब्राउन सुगरसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

६० लाख बढी मुल्य पर्ने ब्राउन सुगरसहित एक जना पक्राउ


कपिलबस्तु, १९ कार्तिक कपिलबस्तु प्रहरीले कपिलबस्तुमा ६० लाख बढी मुल्य पर्ने बराबरको ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ ।

कपिलबस्तुको यशोधरा गाँउपालिका ५ सुठौली भन्सार कार्यालयको ब्यासियलमा बि.ओ.पी. मर्यादपुरबाट शसस्त्र प्रहरी निरिक्षक शंकर सिंह सिखको कमाण्डमा खटिएको ५ जनाको टोलीले कपिलबस्तु नगरपालिका १० बस्ने २३ बर्षिय दिप चन्द्र सिंह क्षेत्रीलाई पक्राउ गरेको हो ।

उनीसँग ज्याकेटको दाहिने प्याकेटमा १४ पिस गिलो ब्राउन सुगर बरामद भएको छ । सोको तौल ६१.१८० ग्राम ब्राउन सुगर रहेको शसस्त्र प्रहरीले जनाएकोे छ । अन्दाजी ६० लाख बढी मुल्य पर्ने ब्राउन सुगरभारतबाट नेपाल भित्र्याउने क्रममा सो ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);