सहकारीले गरे सयाैँ बाेरा मल कालोबजारी, किसानलाई सास्ती प्रहरी मौन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सहकारीले गरे सयाैँ बाेरा मल कालोबजारी, किसानलाई सास्ती प्रहरी मौन

सिरहा । सिरहाको औरही पालिकामा रहेको एक सहकारी संस्थाले मल वितरण गर्ने क्रममा किसान लाई ठगी गरेका छन ।औरही गाउँपालिका वडा नम्बर ४ मा रहेको खजनपुर कृषि सहकारी संस्था लिमिटेडले कृषि सामग्री कम्पनि लहान बाट वडा नम्बर ३ को लागि डि ए पि ४० बाेरा, युरिया ८० बाेरा र वडा नम्बर ४ को लागि डि ए पि ४५ बोरा, युरिया ११० गरी जम्मा २३५ दिएको थियो ।

किसानले बिहान १० बजे मल किन्न जादा म संग वडा ३ र४ को लागि डिएपि ४०,युरिया ८० बोरा मल मत्र दिएको भने । त्यस पछि स्थानियलाइ चित नबुझे पछि प्रहरी र वडा अध्यक्षलाई जानकारी गराए । वाडा अध्यक्ष उपेन्द्र यादव, प्रहरीको रोहबरमा खजनपुर कृषि सहकारी संस्थाको प्रमुख रामझारी यादवले गोदामा खोजदा डिएपि ३६ युरिया ७५ बाेरा मात्र वरामद छन ।

त्यस बाट पनि पूष्टी हुन्छ कि १२४ बोरा मल यादवले कालोबजारी गरेका छन । यस सम्बधमा वडा अध्भ्य यादवले भने रामझारीले विगतको समयमा पनि विना बिल भरपाईको युरिया ९५० दरमा वितरण गर्नुमा एक हजार र सो भन्दा विढि रुपैयाँ लिएका छन, युरियामा २३७५ वितरण गर्नू पर्नेमा २५ सय र सो भन्दा बिढिमा वितरण गरेका छन ।

१२४ बाेरा मल कालो बजारी गरेको र किसान उचित मुल्य भन्दा वढि रकम लिएको कारण मैले वडा बाट प्रमुख जिल्ला अधिकार प्रदिप राज कडेल र साल टे्निग पत्र पठाएको छु साथै कालो बजारी गरेकोका एन अनुसार सजाय पाउ भन्ने पत्रमा लेखेको छु तर प्रसाशन मौन देखिएको छन ।

यसै सम्बन्धमा जिल्ला प्रसाशन कार्यालयको प्रसाशकिय अधिकृत माधव ओझाले भने मैले जिल्ला प्रहरी कार्यालय लाई पनि जानकारी गरि सकेको छु यदि भएको हो भन्ने कालो बजारी एन अनुसार कार्वाही गर्छु ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);