सरकारले जहाँसुकै पठाएपनि जान तयार छु : विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

सरकारले जहाँसुकै पठाएपनि जान तयार छु : विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्य

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले सरकारले जहाँसुकै पठाएपनि जान तयार रहेको बताएको छ । बुधबार प्राधिकरणमा पत्रकारहरुसँग कुरा गर्दै कार्यकारी निर्देशक शाक्यले आवश्यकता महसुस गरेर सरकारले जहा पठाएपनि जान आफु तयार रहेको बताएको हो ।

कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकालभर लकडाउन भएको भएपनि विद्युतमा कुनै समस्या नहुने गरी काम गरेको दाबी गरे ।

अस्पतालहरुलाई बिद्युत नजाने गरी बस्दोबस्त मिलाएको, ढल्केबर ४०० केभि सबस्टेशनलाई नेपाल भारत ४०० केभीमा सञ्चालनमा ल्याएको, खिम्ति ढल्केवर २२० केभि सञ्चालन गरेको, अपर तामाकोशीको कामलाई अगाडी बढाएको, पूर्ण विद्युतीकरण भएका १३ जिल्ला थपेको तथा कर्णाली अञ्चलमा पहिलोपल्ट ७ ग्रिडको विद्युत पु¥याएको उहाँले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);