विद्युत प्राधिकरण हाइड्रोको पछाडी लाग्न जरुरी नरहेको प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको भनाई | ईमाउण्टेन समाचार

Our Network

साउन ९ २०८३, आइतबार

विद्युत प्राधिकरण हाइड्रोको पछाडी लाग्न जरुरी नरहेको प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको भनाई

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोलार, ब्याट्रीले विद्युत आवश्यकता पूरा गर्नसके विद्युत प्राधिकरण हाइड्रोको पछाडी लाग्न जरुरी नरहेको स्पष्ट पार्नुभएको छ । उहाँकाअनुसार राति र दिउँसोको बिजुलीको डिमाण्ड सोलर ब्याट्रिले धान्नसक्ने स्थिति भयो भने धेरै खर्च गरेर हाइड्रो बनाइरहनुपर्ने बाध्यता हट्नेछ । अहिले उद्योगहरुमा विद्युतको खपत धेरै नरहेको शाक्यले बताउनु भयो । सोलर, ब्याट्रिले साँझ, बिहानको विद्युतको आवश्यकता पूरा गर्न सके ठूला जलविद्युत नै भनिरहनुपर्ने अवस्था नरहने उहाँको भनाइ छ । काठमाडौंमा भएको कार्यक्रममा शाक्यले सिंचाई हुने ठाउँहरुमा चोरीको समस्या देखिएको पनि बताउनु भयो । उहाँकाअनुसार त्यहाँ सोलर र पम्प राखेर मिटर जडान गर्ने हो भने चोरी हुने सम्भावना कम हुँदै जानेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले देशभरका धेरै पालिकाहरुका सडक पोलमा विद्युत प्राधिकरणले बत्ति राखेको भएपनि पालिकाहरुले धेरै वर्षसम्म विद्युत वक्यौता नतिरेका बताउनुभयो । अब पालिकाहरुले सोलर बत्ती जडान गरेर बिजुली उत्पादन गरे प्राधिकरणले खरिद गरिदिने शाक्यले बताउनु भयो । ०००

Leave a Reply

ताजा समाचार