२ सय ५० मेगावाटसम्म बिजुली आयात गर्न भारतले दियो स्वीकृति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

२ सय ५० मेगावाटसम्म बिजुली आयात गर्न भारतले दियो स्वीकृति

काठमाठौं,७ मंसिर । नेपाल विद्युत प्राधिकरणले यसपालिको जाडो यामका लागि ढल्केवर–मुजफ्फरपुर लाइन मार्फत २ सय ५० मेगावाट सम्म विजुली आयात गर्न भारतले स्वीकृति दिएको बताएको छ ।

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ढल्केवर–मुजफ्फपुर लाइनमार्फत २ सय ५० मेगावाट सम्म विजुली आयात गर्न भारतले स्वीकृति दिएको बताउनुभएको हो ।

शाक्यले नियमित आयात भइराखेको भन्दा बढी विद्युत आयात गर्नुपर्ने अवस्थामा ल्याउन सक्नेगरी सम्झौता स्वीकृत भएको उल्लेख गर्नुभयो । जाडोयामको लागि अपुग बिजुली आयात गरी समस्या समाधान गर्नका लागि उक्त स्वीकृति लिएको पनि शाक्यले बताउनुभयो ।

यो स्वीकृति सन २०२१ सम्मलाई मात्र रहेको छ ।त्यो समयसम्म नेपालको आफनै बिजुली उत्पादन धेरै हुने भएकाले आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने पनि कामु कार्यकारी निर्देशक शाक्यले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);