काठ कटान,ओसार पसार र विक्रि वितरण तत्काल खुला गर्न महासंघकाे माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठ कटान,ओसार पसार र विक्रि वितरण तत्काल खुला गर्न महासंघकाे माग

काठमाडाैं,७ मंसिर। राष्ट्रिय वन उपभोक्ता महासंघ नेपालले काठ कटान,ओसार पसार र विक्रि वितरण तत्काल खुला गर्न सरकारसँग माग गरेको छ ।

आइतबार राजधानीमा आयोजित पत्रकार सममेलनमा महासंघले साल बाहेकका काठ मात्र खुलाउने सरकारी निर्णयले १ करोड ४० लाख बढी उपभोक्तहरु आफ्नो घरगोठ बनाउनबाट बञ्चित भएको भन्दै यस्तो माग गरेको हो ।

देशभरीका २२ हजार २ सय ६६ सामुदायिक वन व्यवस्थापन गरिरहेका २९ लाख घरधुरी र १ करोड ४० लाख उपभोक्ताहरु आफ्नो दैनिक कामबाट समेत बञ्चित भएको महासंघको भनाई छ । सामुदायिक वनले स्थानीय गरिब विपन्न वर्गलाई गर्दै आएको सहयोग रोकिँदा चाड पर्व समेत मनाउन नपाएको महासंघका अध्यक्ष भारती पाठकले बताउनुभयो ।

महासंघले दिगो विकास लक्ष्य प्रतिको प्रतिवद्धता, सामुदायिक वनको स्वायत्तता, जैविक विविधता संरक्षण, लैंगिक समानता र सामाजिक समावेशीकरणलाइ समेत ध्यानमा राखेर दिगो वन व्यवस्थापन गर्न माग गरेको छ । माग पुरा नभए आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना हुने भन्दै महासंघले त्यसतर्फ पनि ध्यान दिन पनि सरकारसंग आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);