५० बोरा युरिया किन्दा १० बोरा डीएपी किन्नैपर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

५० बोरा युरिया किन्दा १० बोरा डीएपी किन्नैपर्ने

mal abhav

काठमाडौं, ३ असोज । बाली लगाउने बेलामा डीएपी मलको हाहाकार भएको पर्सामा पर्याप्त मात्रामा डीएपी मल वितरण गर्न नपाएका सहकारीहरूलाई अहिले कृषि सामग्री कम्पनी वीरगञ्ज क्षेत्रीय कार्यालयले ५० बोरा युरियासँगै १० बोरा डीएपी किन्नैपर्ने बाध्यात्मक व्यवस्था लागू गरेको छ ।

अहिले युरिया मलको माग भएको बेलामा मल कम आएको भनी प्रतिसहकारी जम्मा ५० बोरा युरिया मल दिने र त्यसमा १० बोरा डीएपी मल लिनैपर्ने बाध्यात्मक व्यवस्था कृषि सामग्री कम्पनी वीरगञ्ज क्षेत्रीय कार्यालयले गरेको हो ।

किसान अगुवा एवं कृषि सहकारीका सञ्चालक सहरुम राउत गद्दीले भन्नुभयो, अहिले युरिया मलको खाँचो छ तर कृषि सामग्री कम्पनीले आवश्यक युरिया नदिएर डीएपी किन्नैपर्ने भनेको छ । लाइनमा बसेर आवश्यकता नै नभएको डीएपी लगेर के गर्ने ? एउटा सहकारीलाई ५० बोरा मात्र युरिया मल दिइँदा त्यस क्षेत्रका किसानको मागलाई धान्न नसक्ने उहाँले बताउनुभयो ।

जिल्ला कृषि सहकारी सङ्घ पर्साका अध्यक्ष शिवकुमार साहको गुनासो पनि त्यस्तै छ । गहुँको सिजनमा पोटास आवश्यक हुन्छ, रोपाइँका बेलामा डीएपी । त्यतिबेला दुवै आएको थिएन, अहिले हामीलाई युरिया चाहिएको छ, त्यो पर्याप्त पाइरहेको छैन, आवश्यक नभएको डीएपी अनिवार्य लैजान भनिएको छ । उहाँले भन्नुभयो ।

एउटा ट्याक्टरलाई तीन हजार÷३५ सय भाडा तिरेर ५० बोरा मात्रै मल लैजानु पर्दा ढुवानी लागत बढी पर्ने गरेको गुनासो किसानको छ । एउटा ट्याक्टरमा १२० बोरादेखि १३० बोरासम्म मल लैजान सकिन्छ तर ५० बोरा युरिया र १० बोरा डीएपी गरी ६० बोरा ढुवानी गर्नुपर्दा दोब्बर ढुवानी खर्च हुने गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);