गहुँ छर्ने बेलामा कृषकलाई मलको अभाव | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

गहुँ छर्ने बेलामा कृषकलाई मलको अभाव

कञ्चनपुर, २० कार्तिक । गहुँ छर्ने बेलामा प्रयाप्त मात्रामा मल अभाव भएपछि कञ्चनपुरका कृषक हरू समस्यामा परेका छन । दस देखि पन्ध्र बोरी युरिया मल चाहिने कृषकलाई एक बोरि मल मात्र वितरण गरिए पछि कृषक हरू समस्यामा परेका हुन ।

कतिपय किसानहरू मल अाएको सुचना समयमा जानकारी नपाउदा सहकारी सम्म आएर खालि हात फर्किनुपरेको छ ।

जिल्ला भरि मल वितरण गर्ने जिम्मा पाएको साल्टट्रेडिङ ले सिमित कोटाको मल जिल्लाभरिका किसानहरूलाई सबैको चित्त बुझाउने किसिमले वितरण गर्नुपर्ने बाध्यताले किसानहरूले आवश्यकता अनुसार मल पाउन नसकेको पुनर्वास नगरपालिका स्थित पुनर्वास सहकारी संस्था लिमिटेड का व्यवस्थापक एक कुमार श्रेष्ठ बताउनुहुन्छ । सहकारी लाई प्राप्त एक सय बोरि युरिया एक किसानलाई एक बोरिका दरले वितरण गरिएको श्रेष्ठले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारले छुट्टयाइएको कोटा अनुसार साल्टट्रेडिङ कञ्चनपुर लाई प्राप्त ९ सय ४२ टन युरिया मल मध्ये मंगलबार सम्म ८ सय ८२ टन जिल्लाका ८० वटा डिलर मार्फत किसानलाई वितरण गरिसकिएको ६० टन गोदाममा स्टक राखिएको साल्टट्रेडिङ कञ्चनपुर का निमित्त प्रमुख दिपक भट्ट ले जानकारी दिनुभयो ।

जिल्लाभरि ८० डिलर रहेकोमा पुनर्वास मा मात्रै १३ वटा सहकारी ले मलको डिलरसिप लिएका छन खेतीयोग्य जग्गाको आंकलन गर्दा एक सिजनमा ३६ सय बोरि युरिया मल आवश्यक रहेको पुनर्वास मा डिलर लिने १३ सहकारी ले कोटाको अाधारमा १०० बोरि का दरले १३ सय बोरि मात्रै पाएका छन ।

व्यवसायीक कृषि मा विगत दश बर्षदेखि सक्रिय रहंदै आएका पुनर्वास का सफल कृषक केशब रिजाल मलको अभावमा अन्य कृषक भन्दा बढी मर्कामा परेको बताउछन् ।

आफ्नो निजि खेतबारि र ठेक्का बटैया गरि १५ बिगाह गहुँ छर्ने निर्णय गरेका केशवले सहकारी बाट एक बोरि मात्रै मल पाउदा रूनुन हास्नु हुनुपरेको दुखेसो पोखे ।
एक बोरि मलले १० कठ्ठा बारिमा मात्र पुग्ने किसानहरू बताउँछन् । १२ बोरि युरिया ले पनि नपुगेर थपनु पर्थ्यो अहिले एक बोरि युरिया ले कसरी पुर्याउने पुनर्वास नगरपालिका ५ का कृषक रामअवतार रानाले दुख व्यक्त गरे ।

पहिला गुणस्तर नभएपनि भारतबाट ल्यायर भएपनि गहुबालीमा छरिन्थ्यो तर नेपाल भारत नाका बन्दले गर्दा ल्याउन नसकिएको अर्का किसान मुलचन्द रानाले गुनासो गरे ।

सरकारले किसानलाई आवश्यकता अनुसारको मलखाद उपलब्ध गराउन सक्नुपर्‍यो होइन भने भारतबाट भएनि सहजरूपमा भित्र्याउने वातावरण गराईदिनुपर्ने किसानहरूले माग गरेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);