बजार अनुुगमनलाई तिब्रता दिन सकिएन : मन्त्री यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बजार अनुुगमनलाई तिब्रता दिन सकिएन : मन्त्री यादव

Matrika-Yadav

काठमाडौं, १८ असोज । चाडवाड नजिकिंदै गर्दा बजार अनुुगमनलाई तिब्रता दिन नसकिएको उद्योग बाणिज्य तथा आपुुर्ति मन्त्री मात्रिका यादवले स्वीकार गरेका छन् ।

बिहीवार माउन्टेनसँग कुरा गर्दै उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री यादवले चाडवाडको बेला केहि व्यापारीहरुले कालोबजारी गरी मूल्य वृद्धि गर्न सक्ने स्विकार गरे । कालोबजारीलाई मध्यनजर गर्दै सरकारले बजार अनुुगमनमा बिशेष ध्यान दिइरहेता पनि भने जस्तो काम हुन नसकेको मन्त्री यादवको भनाई छ ।

मन्त्री यादवले महँगी नियन्त्रणका लागि बजार अनुुगमन भईरहेको दाबी गरे पनि सर्वसाधारणले यसको अनुुभूूति गर्न पाइरहेका छैनन । दैनिक उपभोग्य वस्तुको बजार भाउ अहिले दिनप्रतिदिन बढिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);