जय नेपाल र नक्साल भगवतीबहालमा नयाँ ट्राफिक लाईट जडान | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

जय नेपाल र नक्साल भगवतीबहालमा नयाँ ट्राफिक लाईट जडान

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै आजबाट जय नेपाल र नक्साल भगवतीबहालमा नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा ल्याईएको छ । महाशाखाले जय नेपाल चोकमा काठमाडौं महानगरपालिका – १ र नक्साल भगवतीमा कुमारी बैंकसँग समन्वय गरी नयाँ ट्राफिक लाईट जडान गरेको हो ।

नयाँ जडान गरिएको जय नेपाल चोकको ट्राफिक लाईट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र कामनपा वडा नं – १ का वडा अध्यक्ष भरत लाल श्रेष्ठले स्वीच अन गरी संयुक्त रूपमा उद्घाटन गरेका हुन् भने नक्साल भगवतीको ट्राफिक लाईट महाशाखा प्रमुख भट्टराई र कुमारी वैङ्कका चिफ अप्रेशन अफिसर राम चन्द्र खनालले गरेका हुन् ।

उक्त उद्घाटन कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले काठमाडौं उपत्यकामा भइरहेको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिइँदै आएको बताए ।

कार्यक्रममा बोल्दै कामनपा – १ का वडा अध्यक्ष भरत लाल श्रेष्ठले ट्राफिक लाईटको प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनीकरणमा महत्वपुर्ण भूमिका खेल्ने बताए । पछिल्लो समय महाशाखाले प्रविधिलाई जोड दिदै ट्राफिक लाईट जडानमा खेलेको भूमिकाको समेत प्रशंसा गरे ।

महाशाखाले हालसम्म उपत्यकाको मुख्य मुख्य ३४ वटा चोकहरुमा ट्राफिक लाईटबाट ट्राफिक व्यवस्थापन गर्दै आएको छ । ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्युनीकरणको लागि आगामी दिनहरुमा अन्य चोकहरुमा लाईट जडानको लागि समन्वय एव सहकार्य गर्दै जाने महाशाखाले जनाएको छ ।

ट्राफिक लाईट सञ्चालनमा आएका चोकहरुमा लाईटको पूर्ण पालना गरिदिनु हुन सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);