कम्तीमा अघिल्लो सरकारले प्रबन्ध गरेको खोपको राम्ररी व्यवस्थापन गरिदिए परमादेशको पनि इज्जत रहन्थ्यो कि ! : विष्णु रिजाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कम्तीमा अघिल्लो सरकारले प्रबन्ध गरेको खोपको राम्ररी व्यवस्थापन गरिदिए परमादेशको पनि इज्जत रहन्थ्यो कि ! : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानमन्त्री नियुक्त भएको झन्डै तीन हप्तासम्म सचिवालय र मन्त्रिमण्डल गठन गर्न नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेका छन् ।

नेता रिजालले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवालाई यस्तो आलोचना गरेका हुन् । गएको असार २८ को सर्वोच्चको परमादेश पछि २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अझै मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् ।

गठबन्धन सरकारको नेतृत्व गरेका देउवाले कांग्रेसका बालकृष्ण खाँणलाई गृह, ज्ञानेन्द्र कार्कीलाई कानून, माओवादीका जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्म दिएका छन् भने अरु मन्त्रालयहरुले अझै नेतृत्व पाएको छैन । यसैलाई विषयलाई लिएर नेता रिजालले प्रधानमन्त्रीको आलोचना गरेका हुन् ।

त्यसैगरी प्रधानमन्त्रीले नियुक्त गरेका स्वास्थ्य राज्यमन्त्रीलाई इंगित गर्दै नेता रिजालले केही व्यक्ति नियुक्त गर्दा पनि व्यापारिक स्वार्थ देखाउने प्रधानमन्त्रीबाट देशको नेतृत्व कसरी र कस्तो होला भन्ने भनक आएको पनि उनले उल्लेख गरेका छन् । व्यापारिक पृष्ठभूमि भएका उमेश श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेकोमा प्रधानमन्त्रीको देउवाको चौतर्फी आलोचना भएको थियो ।

उनले लेखेका छन्–‘‘तीन हप्तासम्म सचिवालय र मन्त्रिमण्डल गठन गर्न नसक्ने, एकाध व्यक्ति छान्दा नै व्यापारिक स्वार्थ देखाइहाल्ने प्रधानमन्त्रीबाट देशको नेतृत्व कसरी र कस्तो होला भन्ने छनक आइसकेको छ । ’’

कम्तीमा अघिल्लो सरकारले प्रवन्ध गरेको खोपको राम्ररी व्यवस्थापन गरेर परमादेशको इज्जत राख्न समेत सुझाएका छन् । ‘‘कम्तीमा अघिल्लो सरकारले प्रबन्ध गरेको खोपको राम्ररी व्यवस्थापन गरिदिए परामदेशको इज्जत रहन्थ्यो कि! ’’

पछिल्लो समयमा गठबन्धनबीच मन्त्रिमण्डल पूर्णता दिन भेटवार्ता तथा बैठक बाक्लो भएको भएपनि ठोस निर्णयमा भने पुग्न सकेको छैन । जनमोर्चाले अहिले नै सरकारमा नजाने निर्णय गरेको छ भने जसपाको आधिकारिकता पाएपछि उपेन्द्र यादवले सरकारमा जाने निर्णय गरिसकेको छ ।

यस्तोमा कांग्रेस, माओवादी केन्द्र र जसपाले कुनकुन मन्त्रालय पाउने भन्ने भागबण्डामा अलमल भएको देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);