बाढी–पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन गृहमन्त्री खाँणको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

बाढी–पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन गृहमन्त्री खाँणको निर्देशन

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले बाढी–पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन निर्देशन दिएका छन् ।

बिहीबार साँझ मन्त्रालयमा आयोजित छलफलमा गृहमन्त्री खाँणले सिन्धुपाल्चोक, मनाङ, गोरखा, लमजुङलगायतका क्षेत्रमा बाढी–पहिरोले ठूलो क्षति पु¥याएको भन्दै तत्काल प्राविधिक टोली खटाएर अध्ययन गर्न निर्देशन दिएकाे हो ।

बाढी–पहिरोका कारण कतिपय स्थानमा आवतजावतसमेत रोकिएको उल्लेख गर्दै खाँडले उक्त स्थानहरुमा हेलिकोप्टरमार्फत भएपनि आपूर्तिको व्यवस्था मिलाउ आग्रह गरे ।

गृहमन्त्री खाँणले प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेर क्षतिको अध्ययन गरी प्रतिवेदन पेश गर्न र आवश्यक थप बजेटका लागि अर्थ मन्त्रालयसँग माग गर्नसमेत निर्देशन दिएको बताइएको छ ।

छलफलमा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायतको उपस्थिति थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);