आजदेखि बाढी पीडितलाई एक महिनाका लागि पुग्ने राहत वितरण गरिँदै | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८३, सोमबार

काठमाडौं, १ भदौ । सरकारले आज बिहीबारदेखि बाढी पीडितलाई एक महिनाका लागि पुग्ने राहत वितरण गर्ने भएको छ। सरकारले आजैबाट लगातारको अविरल वर्षापछि आएको बाढीपहिरोबाट हजारौँ मानिस प्रभावित भएका छन्।

 

पाढी पहिरो प्रभावित सबै जिल्लामा गृह मन्त्रालयले आजैदेखि ड्राइफुड वितरण कम गरी प्रभाबित प्रति परिवारलाई १ महिनासम्म पुग्ने ५० केजि चामल, दाल, तेल, नुन लगाएतका अत्यावश्यक सामग्रीस्थानीय तह र स्थानीय प्रशासन मार्फत बितरण गर्ने भएको हो।

 

स्थानीय स्तरबाट यथार्थ क्षति मुल्याङकन प्राप्त हुनासाथ तत्काल नीतिगत प्रणाली बनाइ पुनस्थापना र संरचना पुननिर्माणको कार्य युद्द स्तरमा बढाइने पनि सरकारले जनाइएको छ। बाढी पहिरो प्रभावित क्षेत्रमा गृहमन्त्री जनार्दन शर्माको निर्देशन बमोजित सो राहत वितरण गर्न लागिएको हो।