मुख्यमन्त्री पौडेलद्वारा पहिरो स्थलको अवलोकन | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

मुख्यमन्त्री पौडेलद्वारा पहिरो स्थलको अवलोकन

१७२ घरधुरीलाई सुरक्षित स्थानमा सारिने

देवराज सुवेदी

सिन्धुपाल्चोक, ३१ साउन । सिन्धुपाल्चोकको जुगल–२ लिदीमा शुक्रबार गएको पहिरा प्रभावित क्षेत्रमा राहत सामग्रीसहित बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पुगि घटना स्थलको अवलोकन गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेलसहित सामाजिक विकास मन्त्री युवराज दुलाल, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, पुर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशका अर्थ तथा विकास समिति शरेस नेपाल लगायतको टोलि पहिरो स्थल पुगि घटना स्थलको अवलोकन गरेको हो । प्रदेशवाट पहिरो प्रभावितका लागि राहत तथा अत्यावश्यक सामग्री वितरण गरिएको छ ।

यो पनि पढ्नुहोस

लिदी पहिरो अपडेटः मृतक ११ जनाको सनाखत (नामसहित)
सिन्धुपाल्चोक पहिरो : सभामुख सापकोटा हेलिकोप्टरमार्फत घटनास्थलमा
कालिकोटमा पहिरो जाँदा ६ जनाको मृत्यु, सिन्धुपाल्चोकमा १३ घर पुरियो

त्यहाँ क्षति भएका र अन्य गरी १७२ घरधुरी लाई अहिले अस्थाइ रुपमा नजिकै सुरक्षित स्थानमा सार्नु पर्ने देखिएको र तत्काल यस कार्य गरिने बाग्मती प्रदेशका सामाजिक बिकास मन्त्री युवराज दुलालले जानकारी दिनुभयो । त्यस्तै दिर्घकालिन रुपमा स्थानिय, प्रदेश र संघिय सरकारको समन्व्यमा जग्गा खोजेर सुरक्षित स्थानमा सारिने उहाँले बताउनुभयो ।

उक्त पहिरोमा परि हालसम्म १२ जनाले ज्यान गुमाइसेका छन भने अझै २६ जना बेपत्ता छन ।

बागमती प्रदेश सरकारले बाढी पीडितलाई सुरक्षित स्थानमा पुरै घर प्रदेश सरकारले नै निर्माण गरेर हस्तान्तरण गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);