मेलम्ची बाढीको कारण पत्ता लगाउन गृहमन्त्रीले विज्ञ सहितको टोली सिन्धुपाल्चोक पठाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मेलम्ची बाढीको कारण पत्ता लगाउन गृहमन्त्रीले विज्ञ सहितको टोली सिन्धुपाल्चोक पठाउने

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले मेलम्ची नदीमा आएको भीषण बाढी र पहिरो बारे अध्ययन गर्न विज्ञहरुको टोली पहिरो उद्गमस्थल भ्रेमाथाङ पठाउन निर्देशन दिएका छन् ।

पहिरोको उद्गमस्थल भ्रेमाथाङ पुगेर त्यहाँको अवस्थाको बारेमाअध्ययन गर्न राष्ट्रिय विपद् व्यवस्थापन न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सिइयो अनिल पोखेरलेलाई गृहमन्त्री खाँडले निर्देशन दिएका हुन् ।

बिहानै गृहमन्त्रीलाई बाढीले पुर्याएको क्षतिबारे जानकारी गराइएको थियो । तत्काल भूगर्वविद्सहित विज्ञ टोली पठाएर अध्ययन गर्न निर्देशन दिएका छन् ।

हेलम्बु गाउँपालिकाको भ्रेमाथाङ आसपास हिजो दिउँसोबाटै निरन्तर पानी परेकाले तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आएको हो ।

असार १ गते आएको बाढी निरन्तरको वर्षाले भेम्राथाङको २५ प्रतिशतचउर बगेर आएको विज्ञले बताएका थिए । अहिले पनि पानी पर्ने र रोकिने भईरहेकाले बाँकी भाग बगाएर लेजान सक्ने अनुमान छ । बिहानैबाट मेलम्ची खोलामा ठूलो बाढी आएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);