विपद् न्युनिकरणका लागि तयारी अवस्थामा रहन प्रधानमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विपद् न्युनिकरणका लागि तयारी अवस्थामा रहन प्रधानमन्त्रीको निर्देशन

kp oli

काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबान जस्ता विपद् व्यवस्थापनका लागि तयारी हालतमा रहन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले आज सिंहदरबारमा विपद् व्यवस्थापन समितिको बैठक बोलाई बाढी, पहिरो र डुबान विपत्तिको सामना गर्नका लागि तयारी अवस्थामा रहन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले विपद्पछि आइपर्ने चुनौतीको सामना गर्ने गरी आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालय र सुरक्षा निकायका प्रमुखहरुको गम्भीर ध्यानाकर्षण गराए ।

प्राकृतिक विपत्तिको सामनाका लागि तयार रहन प्रदेश र स्थानीय सरकारलाई पनि प्रधानमन्त्री ओलीले निर्देशन दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाले विपद् व्यवस्थापनका लागि सुरक्षा निकायको तयारीका बारेमा जानकारी गराएका थिए । हरेक वर्ष वर्षातका समयमा बाढी, पहिरो र डुबानका कारण धनजनको क्षति हुने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);