एमालेको नेपाल पक्ष र जसपाले गर्दा मन्त्रिपरिषद् विस्तारमा ढिला भएको हो : नारायणकाजी श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

एमालेको नेपाल पक्ष र जसपाले गर्दा मन्त्रिपरिषद् विस्तारमा ढिला भएको हो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीले निर्णय नगर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताएका छन् ।

आइतबार बसेको माआवादी केन्द्रको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रवक्ता श्रेष्ठले नेपाल पक्ष र जसपाले केही दिन पर्खिन भनेकाले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाई भएको बताएका हुन् ।

एमालेको नेपाल पक्षले चाँडै निर्णय लिनुपर्ने प्रवक्ता श्रेष्ठले बताए ।

उनले भने–‘‘तर , अब ढिला गर्न हुन्न भन्नेमा गठबन्धन निष्कर्षमा पुगेको छ । जसपाले प्रक्रिया अघि बढाइसकेको छ । अरु पार्टीहरुसँग पनि निर्णायक तहमा कुराकानी भइरहेको छ । अब एक दुई दिनभित्रैमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरी अघि बढ्छौँ, जसपापछि एमालेको खनाल–माधव पक्ष नै हो । जनमोर्चाले त सरकारमा नजाने निर्याय नै गरिसकेको छ । त्यसैले उहाँहरुकै लागि भनिएको हो । निर्णय गर्नका लागि केही समय माग्नुभएको थियो । अब निर्णय दिनुहुन्छ, दिनुपर्छ ।’’

माओवादी केन्द्रबाट सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाउन सोमबार ३ बजे स्थायी कमिटीको बैठक बोलाइएको पनि श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);