‘‘आत्मतुष्टि र अभिमान दुवै अत्याधिक खतरनाक छन् ।’’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

‘‘आत्मतुष्टि र अभिमान दुवै अत्याधिक खतरनाक छन् ।’’

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मतुष्टि र अभिमान दुवै अत्याधिक खतरनाक हुने बताएका छन् ।

नेता रिजालले शुक्रबार ट्वीट गर्दै आत्मतुष्टि र अभिमान दुबै अत्याधिक खतरनाक हुने भन्दै सम्झाएका हुन् । उनले प्रधानमन्त्री अझै समझदार भएको आशा समेत व्यक्त गरेका छन् ।

नेता रिजालले प्रधानमन्त्री ओली धेरै माथि वा एकदमै होचो उड्न नहुने भन्ने उक्तिलाई बेवास्ता गर्ने ग्रीक पौराणिक कथाका पात्र इकारसभन्दा फरक हुने आशा पनि व्यक्त गरेका छन् ।

उनले लेखेका छन् –‘‘सम्माननीय प्रधानमन्त्रीः आत्मतुष्टि र अभिमान दुवै अत्याधिक खतरनाक छन् । आशा छ तपाई अझै पनि समझदार र समुद्री आद्रताले आफ्नौ पखेटा बाउडिन वा सूर्यको तापले पग्लिन नदिन एकदमै होचो वा एकदमै उचौ उडान गर्न नहुने उक्तिलाई बेवास्ता गर्ने ग्रीक पौराणिक कथाको पात्र ईकरसभन्दा पृथक हुनुहोला । ’’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);